म कतार ओर्ल्डकपमा स्वयमसेवा लागि कतार आएको आज पन्द्र दिन भयो । अहिले फिफा र कतार सरकारले दिएको निशुल्क आवासमा बसिरहको छ। कतार सरकारले ओर्ल्डकपलाई सफल बनाउन कुनै पनि कसर बांकि राखेको छैन जस्तो अनुभव हुन्छ । यातायात व्यवश्थापन चुस्त छ र खेल अवधि भरि निशुल्क गरिएको रहेछ । खेल अवधिभरि कुनै अप्रिय घटना सुनिएन । यति ठुलो कार्यक्रम हुँदा पनि सहर अस्तव्यस्त छैन । नेपालमा कुनै पार्टि वा संस्थाले गर्ने साना ठुला कार्यक्रम वा कुनै बिशिष्टको भ्रमण अवधिभरिनै सहरको सामान्यता खलबलिन्छ । फिफाका उच्च पदश्त कर्मचारि देखि फुटबलमा माहिर खेलाडि एउटै सहरमा भेला हुँदा समेत सहरमा कुनै नकारात्मक असर छैन । हरेक दिन जस्तै पुर्व निर्धारित समयमै गाडि तथा मेट्रो कुद्छन । खेलप्रेमि र समर्थक निर्धारित समयमै खेल स्थल तथा फ्यान फेस्टिबल पुग्छन्, रेफ्रिले निर्धारित समयमै सिट्ठि फुकेर खेल शुरु र अन्त्य गर्छन् । यस्तो लाग्छ कि, यो कतारको लागि कुनै नौलो कुरा हैन, यति सामान्य रुपमै खेल आयोजना भएको देखिन्छ कि मानौँ कतार बर्षौँ देखि यहिनै गरिरहेको छ । यति ठुला खेल प्रतियोगिता यति सामान्य देखिनु अरु केहि नभएर, यहाँको सरकार र फिफाले बर्षौँ देखि गरेको सुक्ष्म तयारिको नतिजा मात्र हो ।
यो बिचमा मैले स्टेडियम 974, अल थुमाम्मा स्टेडियम र फ्यान फेस्टिबल मा स्वयमसेवा गरिरहेको छु । स्टेडियममा टिकट र हैया कार्ड चेक गर्ने, र टिकट अनुसारको सिट देखाइदिने काम गरेँ । अहिले फ्यान फेस्टिबलमा स्वयमसेवा गरिरेको छू जहाँ भिड व्यवश्थापनको काम गरिरहेको छु । मलाई यत्रो ठुलो खेल प्रतियोगिता कसरि आयोजना हुन्रछ होला भन्ने कौतुहलता थियो । यहाँ आइसकेपछि, जुन खालको व्यवस्थापन र पुर्वतयारि देखियो, त्यसले मेरो मात्र हैन विश्वकै कतार प्रतिको द्रृष्टिकोण आमुल रुपमा परिवर्तन भएको छ ।
यो स्वयमसेवा को यात्रा चै नयाँ संस्कृति, परिवेश र वातावरणबाट केहि नयाँ सिक्ने अवसर हो जस्तो मलाई लाग्छ । मैले काम गर्दै गर्दा, ओर्ल्डकपमा सँग सोझै वा अन्य रुपमा प्रसस्तै नेपालि र विदेशि भेट्ने मौका पाए । स्टेडियम सुरक्षा, क्यान्टिन व्यवश्थापन, तथा विभिन्न व्यवश्थापनका काम गरिरहेका नेपालि साथिहरुलाइ ओर्ल्डकपमा एउटा अनुभव मात्र नभएर एउटा अवसर समेत रहेछ । स्वयमसेवा गरिरहेका स्थानिय नेपालि साथिहरुलाई चै एउटा अनुभव र सँगसँगै भोलिको दिनमा कुनै अवसरको आशा समेत रहेछ।
Published : December 15, 2022 11:50 am